आरएसडीसी लघुवित्तले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

  २०७६ भदौ २२ गते १४:२१     विकासन्युज


काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश वितरणका लागि राष्ट्र बैंकसंँग स्वीकृति माग गर्ने र स्वीकृति पश्चात आगामी छैठौँ वार्षिक साधारण सभाको बैठकबाट पारित पछि वितरण हुने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.