सलाम एयरले नेपालमा दैनिक उडान भर्ने, ‘नेपाल भ्रमण वर्ष सफल बनाउन आईएमई ग्रुप क्रियाशील’

  २०७६ भदौ २१ गते १७:५२     विकासन्युज

काठमाडौं । ओमानको सलाम एयर कम्पनी नेपालबाट अब दैनिक उडान गर्ने भएको छ । नेपालबाट सातामा तीन उडान गरिरहेको सलाम वायुसेवाले आगामी साताबाट दैनिक उडान विस्तारको भर्ने भएको छ । कम्पनीले १८ महिना अगाडी देखि नेपालमा उडान शुरु गरेको थियो ।  कम्पनीका अनुसार यस अवधिमा करिब ५० हजार यात्रु बोकिसकेको छ ।

रेमिटेन्स व्यवसायबाट व्यापारिक क्षेत्रमा आएको आइएमई समूह आइएमई रेमिटेन्स हुँदै बैंक तथा इन्स्योरेन्स क्षेत्रमा, हस्पिटालिटी, जलविद्युत, इन्भेस्टमेन्ट कम्पनी, वित्तीय संस्था, पुर्वाधार विकास, पर्यटन लगायतको व्यापारमा सक्रिय रहेको समूहले पहिलो पटक अन्तर्राष्ट्रिय विमान सेवालाई दैनिक उडानमा जोडेको हो ।

सलाम एयरलायन्सले पहिलो काठमाडौंदेखि मस्कटसम्म उडान सुरू गरेको थियो ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने – ‘हामी पहिला हप्तामा ३ पटक मात्रै उठन गरिरहेका थियौँ । अब हामी दैनिक रुपमै उडान गर्नेछौं ।’ ढकालले याे कदमले नेपालको भिजिट २०२० को लक्ष्यलाई पनि सहयोग पुर्याउने समेत बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सलाम वायुसेवाले दैनिक उडानले नेपालको पर्यटन क्षत्रमा सहयोग पुग्ने बताए । सलाम एयर कम्पनीको दैनिक उडानले नेपाल पर्यटकका लागि उपयुक्त मुलुक हो भनेर सन्देश दिने बताए । ओमानको भाषामा सलाम भनेको शान्ति र नेपाल पनि शान्तिप्रेमी मुलुक भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.