टेलिकमको सीममा डाटा रोमिङ सेवा सुचारु, भारत जाँदा टेलिकमकै सीमबाट इन्टरनेट चलाउन मिल्ने

  २०७६ भदौ २० गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले रोमिङ सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि डाटा सेवा समेत उपलब्ध गराउने भएको छ । यसअघि भ्वाइस र एसएमएस सुविधा मात्रै उपलब्ध गराउँदै आएको टेलिकमले अब इन्टरनेट समेत सीममार्फत् चलाउन सकिने व्यवस्था गरेको हो ।

हाल नेपाल टेलिकमले पोस्टपेड ग्राहकहरुका लागि ८७ मुलुकमा र प्रिपेड ग्राहकका लागि भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ । पहिले पनि अन्तराष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालन गरिएको भए पनि त्यसलाई परिमार्जन गर्न भन्दै टेलिकमले सो सेवा बन्द गरेको थियो । अब त्यो सुचारु भएको हो ।

डाटा रोमिङ सेवाका लागि बिहीबारसम्म रोमिङ सेवा क्रियाशील भएका मोबाइलहरुमा यो सेवा स्वतः सुचारु हुनेछ भने अन्यको हकमा रोकिङ सेवा लिएपछि सो सेवा सुरु हुनेछ । यो सेवा हाललाई भारतमा मात्रै लागु हुने र पछि अन्य देशहरुमा समेत विस्तार गरिने टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.