टेलिकमले गुमायो सेयर बजारको एउटा विरासत, बजार घट्दा पनि नबिल र एनआईसी एशिया उचालिए

  २०७६ भदौ २० गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनीले आफ्नो बजार पुँजीकरणको लामो विरासत गुमाएको छ । एक खर्बभन्दा माथि बजार पुँजीकरण भएको सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नो मूल्य गुमाउँदा यसको बजार पुँजीकरण तल झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जको साताभरको सेयर बजार सम्बन्धी रिपोर्टअनुसार बिहीबार बारोबार बन्द हुँदा एनटीसीको बजार पुँजीकरण ९७ अर्ब ६५ करोडमा झरेको छ, यो रकम अघिल्लो हप्ताको अन्तिम दिन १०० अर्बको तुलनामा २ अर्ब ४० करोडले कम हो । योसँगै नेपाली सेयर बजारमा सूचीकृत सबै कम्पनीहरुको कुल बजारमूल्य १ खर्बभन्दा तल झरेको छ ।

यो साता बजार ५ अंकले घट्दा समग्र बजार पुँजीकरणमा करिब पौने ७ अर्बको गिरावट आएकाे छ । पुँजीकरणमा उत्कृष्ट १० कम्पनीमध्ये नबिल बैंक र एनआईशी एशिया बैंकले भने आफ्नो बजार पुँजीकरण वृद्धि गर्न सफल भएका छन् । यो साता नबिल बैंकको पुँजीकरण ९० करोडले बढेको छ भने एनआईशी एशियाको ८८ करोड रुपैंयाले बढेको छ । बाँकी ७ कम्पनीहरुको भने पुँजीकरण घटेको छ ।

यो साता नेपाल टेलिकमले आफ्नो मूल्य १२ रुपैंयाले गुमाउँदा अन्तिम कारोबार मूल्य ६५१ रुपैंयामा झरेको हो । नबिल र एनआईशी एशियाको सेयर मूल्य भने क्रमशः ८ रुपैंया र ९ रुपैंयाले बढ्दा बजार पुँजीकरण पनि बढ्न पुगेको हो ।

सरकारी स्वामित्वमा रहेको सयर सर्वसाधारणलाई बेचेर कम्पनीको सेयर स्वामित्व परिवर्तन गर्ने समाचारपछि एनटीसीका लगानीकर्ताहरु हतोत्साहित भएका छन् । सरकारको योजना कार्यान्वयन भए बजारमा एनटीसीको सेयर आपुर्ति बढेर मूल्यमा गिरावट आउने भयले लगानीकर्ताहरुले बिक्रीको चाप बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.