गोदरेजले ल्यायाे “फ्रि कपल ट्रिप टु बाली” अफर

  २०७६ भदौ २० गते १६:४७     विकासन्युज

काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको हो ।

यस याेजना अन्तर्गत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि गोदरेज(स्पेस) कस्टुमर नेम (स्पेस) मोडेल नम्बर (स्पेस) सिरियल नम्बर (स्पेस) एड्रेस टाइप गरी पठाउन सकिनेछ ।

यस योजना अन्तर्गत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सकिने साथै ए.सी.को खरिदमा फ्रि जडान गरिनेछ ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.