दिगो विकास लक्ष्य भेट्न वार्षिक २० खर्ब चाहिन्छ, निजी क्षेत्रले १० खर्ब लगानी गर्नुपर्छ : अर्थमन्त्री

  २०७६ भदौ २० गते १२:३८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले लिएकाे दीगाे विकासकाे लक्ष्य भेट्न प्रतिवर्ष २० खर्ब लगानी गर्नुपर्ने र त्यसकाे ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन् । दीगाे विकास लक्ष्यअन्तर्गतका १७ लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रकाे साथ अनिवार्य भएकाे भन्दै उनले कुल लगानीमा निजी क्षेत्रकाे लगानी हिस्सा आधा हुनुपर्ने बताएका हुन् ।

शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले गरेकाे ‘रेस्पोसिवल विजनेश समिट’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल आफ्नाे अति गरिब राष्ट्रको स्टाटसबाट मध्यम आयस्तर भएको राष्ट्रमा स्तरोन्नति हुन लागि शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षा लगायत क्षेत्रहरुकाे लक्ष्य महत्वपूर्ण हुने समेत बताए ।

‘यी सबै लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ‘निजी क्षेत्रले सामाजिक सुरक्षा र ज्यालामा विभेद नगरी सामाजिक उत्तरदायित्वका साथ काम गनुपर्छ ।’ कुषि तथा औद्योगिक उत्पादनदेखि वितरणसम्म निजी क्षेत्रको हात हुन्छ ।’

शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षा सबैमा निजी क्षेत्रको सम्लग्नता रहने हुँदा राज्यप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिए । सरकार यो प्राप्तीको लागि बढी जिम्मेवार र उत्तरदायी हुन्छ ।

‘मौलिक हक र क्षमता विकास गर्ने काममा राज्य लाग्नुपर्छ,’ उनले भने ‘औद्योगिक विकासको अभिन्न अंग श्रम बजार हो ।’ यसमा भिन्नता हुनु भएन । सामाजिक सुरक्षा योजनामा सहभागी हुन अटेर नगर्न समेत अर्थमन्त्रीले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.