कला क्षेत्रको जगेर्ना गर्न सरकारको सहयोग छः श्रेष्ठ

  २०७६ भदौ ६ गते ९:३७     विकासन्युज


काठमाडौँ । नेपाल कला परिषदका अध्यक्ष शंखर श्रेष्ठले सरकारले कलाक्षेत्रमा गरेको साथ र सहयोगले नै आज कलाक्षेत्रको जगेर्ना भएको बताएका छन् । भदौ ५ देखि १० गते सम्म चित्रकला प्रदर्शनीमा उनले यस्तो बताएका हुन् ।

नेपालमा चित्रकला प्रर्दशनमा लामो समयदेखि कार्यरत क्षेष्ठले चित्रकला एउटा सृजना  भएकाे र प्रकृतिले सृष्टि गरेको कलाकारको रंङ नै चित्रकला भएको बताए ।

बुधबारदेखि शुरु भएको उक्त चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनएका पूर्व अध्यक्ष डा. उपेन्द्र महत्तोले नेपाली कला साहित्य र संस्कृतिलाई अगाडि बढाउने र नेपाली कलालाई चिन्न र चिनाउनमा सबैले जोडदिएको समेत बताए ।

प्रदर्शनी चित्रकार रत्नकाजी शाक्यको चित्रले धेरैकाे मन आकर्षित गरेकाे छ । उनकाे चित्र न्यायीकताले भरिएको देख्न सकिन्छ । शाक्यले भोको र नाङ्रगो देशमा कलाको विकास नहुने र कलाको विकास नभएको देश भोको र नाङ्गो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.