माइक्रोवायोलोजीस्ट विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने

  २०७६ भदौ २ गते १८:३०     विकासन्युज

काठमाडौं। लाईसेन्स दर्ताबाट बन्चित माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुको हकमा १५ दिन भित्र निर्णय हुने भएको छ।

माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसीद्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित गरेको भन्दै विद्यार्थीहरु लामो समय देखी आन्दोलनमा थिए।

आन्दोलनको क्रममा माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुले सोमबार बाँसबारीमा रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद्मामा बिहान १० बजेबाट १ बजेसम्म घेराउ गरेका थिए।

परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले माइक्रोवायोलोजीमा स्नातकोत्तर अध्ययन पूरा गरेका विद्यार्थीलाई लाइसेन्स दिने व्यवस्थाका लागि १५ दिनभित्र प्रक्रिया शुरु गर्ने आसश्वासन दिएको आन्दोलनमा रहेका माइक्रोबायोलोजिस्ट अनिश खतिवडाले बताए।

विद्यार्थीलाई लाइसेन्स उपलब्ध गराउन पहल गर्ने सहमति भएसँगै विद्यार्थीहरुले आफ्ना आन्दोलन स्थगित गरेका छन् ।

त्रिवि अन्तगर्ततका १० वटा क्याम्पसहरुबाट वार्षिक १ सय ५० जना विद्यार्थीहरु माइक्रोवायोलोजी अध्ययन पूरा गर्छन् । तर उनीहरुले परिषदबाट लाइसेन्स पाएका छैनन् । हालसम्म २५ सय विद्यार्थीहरुले सो विषयमा अध्ययन पूरा गरिसकेको सुक्ष्म जीव विज्ञान विद्यार्थी संघले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्गत आईओएम् र आईओएस्टीमा पढाई हुने मेडिकल र पब्लिक माइक्रोबायोलोजीमा आईओएमले मात्र एनएचपिसीबाट दर्ता पाउने गरेका छन।

टि.यु.एमएससी मेडिकल माइक्रोबायोलोजीसँग इकुभ्यालेन्ट लिएर भारत र अन्य मुलुकबाट अध्ययन गरेर आएकालाई भने लाइसेन्स दर्ता दिइएको विद्यार्थीहरुको रहेको थियो। एनएचपिसीले केहि माइक्रोबायोलोजिका विद्यार्थीका विद्यार्थीहरुले अस्थाई दर्ता जारी गरेको तर स्थाइ र सम्पुर्ण प्रक्रिया रोकेर राखेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.