१० वर्षभित्र सहकारी ५ हजारमा झार्नुपर्छः बडाल

  २०७६ भदौ २ गते १७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संघ÷संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताएका छन् । उनले सोमबार सहकारी समन्वय संजालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै भने ‘अब सहकारीकर्मीहरुले सहकारीको एकिकरणमा जोड दिनुपर्छ ।’ यसमा उत्साही भएर अभियान चलाउन आग्रह गर्दछु ।’ गैरसरकारी संस्थाले प्रवद्र्धन गरेका सहकारी संस्थाहरु पनि एकीकरण हुनुपर्नेमा जोड दिए । हाल नेपालमा ३४ हजार ८ सयभन्दा बढी सहकारी संस्था रहेका छन् ।
उनले ऐन नियमले तोके अनुसार कोषहरु निमांण गरी सहकारीलाई सवल र बलियो बनाउने समेत आग्रह गरे । सहकारीको विषय बुझाए मात्र सदस्यता दिनुपर्ने धारणा गरे । उनले केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी विकास बोर्डले आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिए । सहकारी घटाउने तर उत्पादनलाई ५ वर्षमा दोब्बर बनाउनुपर्ने उनको भनाइ छ ।

‘बढी ब्याज दिन्छु भनेर निक्षेप संकलन गर्ने सहकारीलाई ट्रयाकमा ल्याउनुपर्छ ।’ सन्दर्भ ब्याजदरलाई लिएर सहकारीकर्मीहरु विभाजित हुने स्थिति बन्न नहुने बताए । ‘राज्य र सहकारी एक भएर अगाडि बढ्नुपर्छ । राज्यसँग मत बजाएर सहकारी अगाडि बढ्न सक्दैन ।’ उनले भने ‘सहकारी क्षेत्र स्वायत्त र स्वतन्त्र हो तर स्वच्छन्द होइन । गलत गर्नेलाई दण्ड दिनुपर्छ ।’ सहकारी एकिकरण भएर ठूलो भइ उत्पादन बृद्धिमा लाग्नुपर्नेमा जोड दिए।
सहकारी महासंघ, केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, सहकारी विकास बोर्ड, विभिन्न गैर सरहकारी संघ÷संस्था, कृषि विभाग, पशुसेवा विभाग, महिला विकास विभाग, विकास बोर्डहरु, राष्ट्र बैंकलगायतका प्रतिनिधिहरु सो संजलामा रहेका छन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण सहकारी बैंकमार्फत उपलब्ध गराउन सकेको खण्डमा सहकारीले गर्ने उत्पादनमा बृद्धि हुने बताए । उनले बैंकले ४४ शाखामार्फत सहकारी संघ/संस्थालाई वित्तिय सेवा प्रदान गरिरहेको जानकारी दिए ।
आईएलओका राष्ट्रिय कार्यक्रम व्यवस्थापक नविन कर्णले सहकारी मूल्य शृखलामा जानुपर्ने र यसका लागि आईएलओले सहकारीमार्फत विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले सहकारी तल्लो समुदायसम्म पुगेको क्षेत्र भएकाले यसलाई सरकारले महत्व दिएको धारणा राखे ।
कार्यक्रममा साना किसा लघुवित्त संस्थाका कार्यकारी निर्देशक डा शिवराम कोइराला र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बदी्र गुराजाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.