सुन्दर यातायातले भदाै दाेस्राे सातादेखि विद्युतीय बस सञ्चालन गर्ने

  २०७६ भदौ १ गते १८:१६     विकासन्युज

काठमाडाैं । सुन्दर यातयातले भदाै दाेस्राे सातादेखि विद्युतिय बस सञ्चालन गर्ने भएकाे छ । कम्पनीले आइतबार पत्रकार प्रशिक्षण तथा विद्युतिय बसबारे जानकारी गराउँदै  भदौको दोस्रो साता चिनियाँ कम्पनीका बसहरु उपत्यकामा सञ्चालन गर्ने बताएको हो ।  सुन्दर यातायात प्रा.लिका अध्यक्ष भेषबहादुर थापाले भदौ ९ गते बसहरु सञ्चालन गर्ने बताए ।

उनले चिनियाँ कम्पनीका बसहरुमा ४० वटा सिटहरु रहने बताउँदै विद्युतिय बसहरुले वातावरण सफा र प्रदुष हुन नदिन उल्लेख्य भूमिका खेल्ने बताए । उनले विद्युतिय बसको भाडादर सरकारले निर्धारण गरेको मापदण्ड अनुसार तय हुने उल्लेख गरे । तर अन्यका भन्दा २०/२५ प्रतिशत भाडा सहुलियत दिन सक्ने धारणा राखे । अध्यक्ष थापाले यात्रुहरुले अनलाईन पेमेन्ट मार्फत भाडा तिर्न सक्ने बताए ।

उनले नर्मल कार्ड, विद्याथी कार्ड, कम्पनी कार्ड, सिंगल सिटिजन,कार्ड, टेम्पोररी कार्ड र सिनियर सिटिजन कार्डको व्यवस्था गरी यात्रुलाई भाडा तिर्न सहज वातावरण सिर्जना गर्ने बताए ।  कम्पनीले एक बसको १ करोड ६२ लाख मूल्य पर्ने जनाएको छ । यहि महिना भित्र ११ वटा विद्युतिय बसहरु भित्र्याउने योजनामा रहेको कम्पनीको चालु आवमा २५ वटा विद्युतिय बस भित्र्याउने योजना छ ।

विद्युतिय बसहरुको लागि ३ वटा ठाउँहरुमा चार्जिङ स्टेशनको व्यवस्था गरेको बताउने कम्पनीलाई सरकारले भने अहिले सम्म चार्जिङ स्टेशनका लागि अनुमति दिएको छैन । चिनियाँ बिएके ब्याट्री इन्क कम्पनीले तयार पारेका ति बसहरु एक पटक चार्ज गरिसकेपछि २ सय ६८ किलोमिटर गुड्न सक्ने बताइएको छ ।  पहिलो चरणमा विद्युतिय बसहरु चल्ने रुटहरुमा रिङरोड,नारायण स्थान हुँदै चक्रपथ,भैंसेपाठी, गोंगबु बसपार्क हुँदै सल्लाघारी भक्तपुर,कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेज रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.