बि एण्ड बि अस्पतालमा स्पोर्टस इन्जुरीको लागि पिआरपी सेवा सुरु

  २०७६ भदौ १ गते १६:५६     विकासन्युज

काठमाडौं। बी एण्ड बी अस्पतालले प्लेटेरेट रिच प्लाज्मा (पीआरपी) इन्जेक्सन थेरापी सुरु गरेको छ। आईतबार ललितपुरको ग्वार्कोस्थीत अस्पतालले सेवा सुरु गरेको हो।

अस्पतालले स्पोर्टस् इन्जुरी एण्ड रिजेनेरेटिभ मेडिसिन विभाग अन्तर्गत हाडजोर्नि सम्बन्धि समस्याको उपचारका लागि पीआरपी थेरापी सुरु गरेको हो। स्पोर्ट्स इन्जुरी खेलाडीहरुमा देखिने हाडजोर्नि सम्बन्धि समस्या हो । यद्यपी दुर्घटना हुँदा वा सामान्य रुपमा लड्दा समेत जोर्नि मर्केर स्पोर्ट्स इन्जुरी हुनसक्ने भएकाले यो समस्या जो कोहिमा पनि देखिन सक्छ ।

स्पोर्ट्स इन्जुरीका कारण हुने हाडजोर्निसम्बन्धि समस्याको उपचारमा पीआरपी थेरापीलाई निकै प्रभावकारी मानिन्छ । यस उपचार पद्धतीमा विरामीकै रगतको प्रयोग गरिने भएकाले यसलाई निकै सुरक्षित मानिन्छ । यो पद्धतिमा रसायनिक पदार्थको प्रयोग नगरिने भएकाले यसले कुनै नकारात्मक असर नगर्ने अस्पताल प्रमुख कार्यकारी अधिकारी सुरज जोशिले बताए । अस्पतालबाट अब हात तथा खुट्टाका जोर्निहरुको बिनाअपरेशन उपचार हुने अस्पतालका जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.