औषधि व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित भए पन्त

  २०७६ भदौ १ गते १४:३६     विकासन्युज

चिप्लेढुंगा । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन् ।

शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो । सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भएका छन् । त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वाचित भएका हुन् ।

यसअघि सङ्घको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरेका थिए ।

उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिएका थिए । औषधि व्यवसायी सङ्घ गण्डकी अञ्चलका अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचनाअनुसार सङ्घले आफ्नो क्षेत्र विस्तार गरेको बताएका छन् । व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घ अघि बढ्ने उनको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.