नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित

  २०७६ साउन ३१ गते २०:२४     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्विरोध निर्वाचित भएका छन् । महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि रिक्त पदमा वर्तमान कार्यकारिणी समितिका सदस्य केसी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रार सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट केसी कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबारनै पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै बधाई समेत दिइन् ।

कार्यकारिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीहरूले भोग्नु परेका समस्या तथा मुलुकको उद्योग व्यवसायको समग्र अवस्थाका विषयमा छलफल समेत गरेको छ । बैठकमा महासंघका पदाधिकारी एवम् कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.