हिमालयन बैंकको नाफा २ अर्ब ८४ करोड, ५२ प्रतिशत बढ्यो नाफा

  २०७६ साउन ३० गते १०:२८     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले नाफामा ५० प्रतिशतभन्दा बढी नाफा गरेर सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा गठन भएको छ । बैंकले गएको आवमा नाफामा ऐतिहासिक छलाङ २ अर्ब ८४ करोड नाफा आर्जन गरेको छ । बैंक अघिल्लो आव २०७४/७५ मा १ अर्ब ८७ करोड नाफा कमाएको थियो । बैंकले गएको आवमा २ अर्ब २ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

बैंकले गएको आवमा ५ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ४ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।

हिमालयनले यो अवधिमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको छ ।
बैंकको सीडी रेसियो पनि ७५.५९ प्रतिशत मात्रै छ । बैंकको आधार ब्याजदर ९.०५ प्रतिशत छ ।

कस्ट अफ फण्ड ६.५५ प्रतिशत रहेको छ । बैंकको स्प्रेड दर ४.४७ प्रतिशत छ भने बैंकको प्रति सेयर आम्दानी ३३.४१ रुपैंयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.