शिखर इन्योरेन्सको १४ औँ साधारण सभा सम्पन्न, यस्ता छन् ३ विशेष निर्णय

  २०७६ साउन २८ गते १९:५४     विकासन्युज

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विशेष निर्णय सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार ४ संचालक नियुक्त गर्ने देखि, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने तथा मर्जरमा जाने निर्णय सार्वजनिक गरेको हो । १४ औँ साधारण सभाको अवसरमा कम्पनीले सो निर्णय सार्वजनिक गरेको हो ।

बीमा समितिबाट जारी भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार कम्पनीको संचालक समितिको संख्या बढीमा ७ जना हुने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कम्पनीको नियमावलीको नियम १२ संसोधन गरी शिखर इन्स्योरेन्सले ७ जना संचालक हुने व्यवस्था कायम गरेको हो । साथै संचालकमा एकजना महिला रहनु पर्ने व्यवस्था रहेका छन् ।

साथै कम्पनीको संचालकमा रमेशकुमार लुईटेल, राजेन्द्रप्रसाद श्रेष्ठ, सौरभ जंग बहादुर राणा र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । सो व्यवस्था कायम हुनु भन्दा अघि संचालक समितिमा ९ जना रहने व्यवस्था थियो ।

३० प्रतिशत हकप्रद जारी गर्ने
इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने कम्पनीले जनाएको छ ।

यता, बीमा समितिबाट जारी भएको बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को कम्पनीले पालना गरेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दीपप्रकाश पाण्डे भने–‘शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा स्याउको समेत बीमा गरेको छ, कम्पनीले आवश्यकता अनुसारको प्रडण्ट बजारमा ल्याउने छ ।’

आर्थिक वर्ष २०७४/७५ मा मात्रै कम्पनीले १ सय ८७ करोडको दाबी भुक्तानी गरेको जनाएको छ । निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी राजश्वमा ६५ करोड रुपैयाँ योगदान पुर्याउन सफल भएको कम्पनीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.