पोखरामा चलचित्र पत्रकार संघको पत्रकारिता कार्यशाला हुँदै

  २०७६ साउन २७ गते ११:४७     विकासन्युज

काठमाडौं । पोखरामा आगामी भदौं १८ गतेदेखि वृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । चलचित्र पत्रकार संघको आइतवार बसेको केन्द्रिय कार्यसमितिको बंैठकले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम तीन दिनसम्म गर्ने निर्णय संघले गरेको छ ।

सहभागिताका लागि इच्छुक पत्रकारहरु भदौं १० गतेभित्र संघको कार्यालयमा नाम दर्ता गरिसक्नुपर्ने छ । चलचित्र पत्रकारहरुको श्रमता अभिवृद्धिका लागि आयोजना गर्न लागिएको यो कार्यशाला सक्रियतापूर्वक चलचित्र पत्रकारिता गरिरहेको पत्रकारहरु उपलब्धि मुलक हुने संघले जानकारी दिएको छ ।

कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडिया कानुन, फिल्म, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, हिजोआज, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडिया लगायत विषयमा प्रशिक्षण दिने संघका अध्यक्ष सन्दिप सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.