२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बैंकहरूमा ८० अर्ब तरलता

  २०७६ साउन १९ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय बजारमा अधिक तरलता देखिएका कारण प्रशोचन गर्न निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज साउन १९ गते १५ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएका बेला तरलता प्रशोचन गर्न ‘रिभर्स रिपो र न्यून तरलता भएका बेला बजारमा पैसा पठाउन रिपो जारी गर्ने गर्दछ ।

आज आइतबार बैंक तथा वित्तीय संस्थासँग ८० अर्ब तरलता रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए । वित्तीय बजारमा अधिक तरलता भएकोले हामीले तरलता प्रशोचन गर्न लागेका हौं,’ उनले भने । यद्यपि बैंकले त्यसलाई निक्षेप संकलन उपकरणको नाम दिएको छ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ ।
उक्त बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.