एनसीसी बैंकको एजीएम भदौ २३ गते, १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव

  २०७६ साउन १९ गते १३:३९     विकासन्युज


काठमाडौँ । नेपाल क्रेडिड एण्ड कमर्श बैंक लि(एनसीसी बैंक) को २० औँ र २१ औँ बार्षिक साधारण सभा(एजीएम) भदौ २३ गते हुने भएको छ ।
साउन १७ गते बसेको सञ्चालक समितिको बैठक राष्ट्रिय सभा प्रदर्शनीमार्गमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले आव २०७३/०७४ र २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र साही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बैंकको हालको चुक्ता पूँजी रु. ७ अर्ब १ करोड, ८५ लाख ८७ हजार ३ सय को १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन पनि हुने छ ।

साधारण सभाले एनसीसी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाम्ने र गाभिने(मर्ज गर्ने) वा प्राप्ति(एक्वीजिशन)गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति तथा दायित्व तथा कारोबार मूल्याङ्कन(डीडीए) गर्ने, अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव कपिल ज्ञवालीले जनाएका छन् ।

साधारण सभा प्रयोजनका लागि बैंकको सेयर दाखिला खारेजको काम साउन २६ गते १ दिन बन्द रहने छ । साधारण सभामा एफपीओ निष्काशन गर्ने, सहायक कम्पनी स्थापना गरी धितोपत्र व्यवसायीको कार्य गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव ज्ञवालीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.