प्रभु इन्स्योरेन्सको २३ औँ साधारण सभा सम्पन्न, आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित

  २०७६ साउन १७ गते १७:०३     विकासन्युज


काठमाडौँ । प्रभु इन्स्योरेन्सले शुक्रबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।

एनएफआरएस मोडेलमा वित्तीय विवरण तयार गर्नु परेकाले यसपटक साधारण सभा गर्न केही ढिलो भएको बताउँदै आगामी वर्ष सेयरधनीहरुलाई खुशी बनाउने प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए ।

गत वर्ष कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ५० लाख ७६ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.