नेप्सेले १५ दिनको अवधि दिएर ब्रोकर लाइसेन्स खुलायो, ५ बैंकले सहायक कम्पनी खोलिसके

  २०७६ साउन १७ गते १२:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि आवदेन खुला गरेको छ । नेप्सेले बिहिबार कार्यविधि सार्वजनिक गरेर बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो ।

शुक्रबार बैकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि १५ दिनभित्र आवेदन दिन खुला गरेको हो । हालसम्म एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् ।

अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् ।

नेप्सेको बिहीबार सार्वजनिक गरेको कार्यविधि अनुसार ब्रोकरको काम गर्ने कम्पनी वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्नेछ । उक्त कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ हुनुपर्ने मापदण्ड तोकिएको छ । नेप्सेमा आवेदन दिनका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.