सन्राइज बैक र चेम्बर अफ कमर्शबिच व्यापार साझेदार सम्झौता

  २०७६ साउन १६ गते १८:२९     विकासन्युज

काठमाडौ । सन्राइज बैक लिमिटेड तथा नेपाल चेम्बर अफ कर्मशका ‘महिला चेम्बर आफ कमर्श’ बिच व्यापार साझेदार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सन राईज बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक शर्मा पौडेल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता पश्चात महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई बैकको तर्फबाट ‘एडभाइजरी सर्भिसेस अन बैकिङ, एकाउण्टेन्ट एण्ड ट्याक्ससेसन’ सम्बन्धित विविध कार्यक्रम आयोजना गरी जानकारी उपलब्ध गराइने पाइएको छ ।

यस्तै, संघमा आवद्ध महिला आयात निर्यातकर्ताहरुलाई विद्यमान बैकिङ् सुविधा बारे जानकारी मुलक कार्यक्रम गरी उद्यमीहरुका अन्तर्राष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.