अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान, साउन १८ गते स्वदेश फर्कने

  २०७६ साउन १४ गते १३:२०     विकासन्युज

काठमाडौं । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उाकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.