गत आवमा १३ खर्ब २१ अर्ब व्यापार घाटा: १४ खर्ब १८ अर्ब आयात, ९७ अर्बको निर्यात

  २०७६ साउन १२ गते १६:५२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड व्यापार घाटा भएको छ । वस्तुु तथा सेवा आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिदै गएको हो । गत आर्थिक वर्षमा कुल १५ खर्ब १५ अर्ब वैदेशिक व्यापार भएको छ ।

सो अवधिमा १४ खर्ब १८ अर्ब रुपैयाँ विदेशी वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने जम्मा ९७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ ।

देशको आन्तरिक उत्पादनले आम आवश्यकता धान्न नसकेपछि व्यापार घाटा चुलिदै गएको भन्सार विभागले जानकारी दिएको छ । अघिल्लो २०७४/७५ मा कुल व्यापार घाटा ११ खर्ब ६३ अर्ब थियो ।

गत आवमा आइपुग्दा १३.५५ प्रतिशतले व्यापार बढेर १३ खर्ब २१ अर्ब पुगेको हो । अघिल्लो आवमा १२ खर्ब ४५ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएको थियो भने ८१ अर्ब ३५ करोड निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा व्यापार घाटा अनुपात भने घटेको छ ।

गत आवमा आयात निर्यात अनुपात १४.६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अनुपात १५.३ रहेको थियो । अघिल्लो आवको तुलनामा आयात १३.९३ प्रतिशतले बढेको छ भने निर्यात १९.३६ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा आयातकोे हिस्सा ९३.६ प्रतिशत रहेको छ भने निर्यातको अंश ६.४ प्रतिशत रहेको विभागको तथ्यांक छ ।

अघिल्लो आवमा कुल व्यापारमा आयातको अंश ९३.९ प्रतिशत र निर्यातको अंश ६.१ प्रतिशत हिस्सा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.