क्यानडामा अध्ययनः पढाई पछी सजिलै पीआर

  २०७६ साउन १२ गते १३:३०     विकासन्युज

काठमाडौं । क्यानडा उच्च शिक्षा अध्ययनको लागी धेरै राम्रा देशहरु मध्ये एक हो । बर्सेनि हजारौं संख्यामा विद्यार्थीहरू क्यानडामा अध्ययनको लागि जाने गर्दछन् । त्यहाँको विश्वविद्यालयको डिग्री अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अन्य देशहरूको तुलनामा कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सक्छन् ।

पढाई शुल्क सस्तो मात्र होइन छात्रवृत्ति पनि सजिलै पाईने हुनाले विद्यार्थीले क्यानाडामा न्यूनतम शुल्कमा उत्कृष्ट शिक्षा पाउन सक्छन् । यद्यपि अमेरिकाको तुलनामा विश्वविद्यालयहरूको सङ्ख्या कम भएता पनि विश्वविद्यालयको शिक्षा स्तर अमेरिका र युरोपका विश्वविद्यालयहरू सरह रहेको बताइन्छ ।

पछिल्लो समय क्यानडा धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । पढाई पूरा गरिएसकेपछी सजिलै पीआर पाइने भनेकोले धेरै विद्यार्थीको रोजार्इमा क्यानाडा पर्न थालेको हो । शैक्षिक परामर्शदाताहरु मास्टर्स अध्ययनको लागि क्यानडा जान सुझाव दिन्छन् किनभने त्यसरी जाँदा विद्यार्थीलाई क्यानाडामा जीवनयापन गर्न सहज हुन्छ भन्ने उनीहरुको भनार्इ छ। त्यहाँको अध्ययनको खर्च विश्वविद्यालय पिच्छे फरक फरक रहेको छ । यधपी अन्तर्रास्ट्रिय विद्यार्थीले क्यानाडामा मास्टर्स अध्ययन गर्नको लागि १० हजार देखी २० हजार क्यानाडियन डलर अर्थात नेपाली ८ लाख देखी १७ लाख सम्म खर्च गर्नुपर्ने हुन्छ । अहिलेको क्यानाडाको १ बर्षको बसार्इ खर्च १२ हजार क्यानडियन डलर अर्थात नेपाली १० लाख रुपैंया रहेको छ।

विद्यार्थीले काम गर्ने प्रावधान कस्तो छ ?
क्यानाडामा अध्ययन भिसासँगै काम अनुमति भिसा विद्यार्थीहरूलाई दिइएको हुन्छ । क्यानडामा अध्ययनको क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीले क्याम्पस भित्र र बाहिर काम गर्न अनुमति दिइएको छ । विद्यार्थीलाई क्याम्पस भित्र काम गर्न कुनै अनुमति आवश्यक पर्दैन । क्यानडा सरकारले उनीहरुलाई हप्ताको २० घण्टा अनुमति दिएको छ । क्याम्पस बाहिर विद्यार्थीहरुको लागि होटलहरू, होस्टल, ट्यूशन टिचरको रुपमा पार्ट टाईम काम उपलब्ध हुन्छन् ।

स्नातक तह पूरा गरेपछि, विद्यार्थीहरूले दुई वर्षका लागि काम गर्न सक्छन् र काम गरेको एक वर्ष पुगेका विद्यार्थीहरुले क्यानडाको स्थायी निवासी(पीआर) हुनको लागि आवेदन दिन सक्छन् । क्यानाडाको आप्रवासन नियमले सजिलाई भिसा दिने गरेको छ । अध्ययनको क्रममा विद्यार्थीहरूले आफ्नो जीवनको आवश्यकतालाई पूरा गर्न हप्तामा २० घण्टासम्म काम गर्न सक्छन्। यस्तै जाडो र गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गर्न पाउँछन् ।

क्यानडाका विश्वविद्यालय भित्र पनि थुप्रै अवसरहरू उपलब्ध छन्, जुन विद्यार्थीहरूको लागि धेरै धेरै उपयोगी छन् । यस्तै क्यानडामा स्नातकोत्तर पछि विद्यार्थीहरुलाई रोजगारको क्षेत्रमा धेरै अवसर रहेको छ। राम्रो सिप र ज्ञान भएका विद्यार्थीहरुले प्रतिष्ठित कम्पनीहरुमा काम पाउने सम्भावना एकदमै बढी हुन्छ।

कति कमाउँछन् ?
क्यानाडामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई घण्टाको १० क्यानाडियन डलर पे गरिने प्रावधान रहेको छ। यसको अर्थ विद्यार्थीहरुले हप्तामा २ सय क्यानाडियन डलर कमाउँछन् र महिनामा ८ सय क्यानडियन डलर कमाउँछन् । ८ सय क्यानाडियन डलर भन्नाले करिब नेपाली ७० हजार हो । यसको साथै जाडो, गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गरेर आफ्नो जिविकोपार्जन गर्न सक्छन् ।

कस्तो छ क्यानाडाको मौसम ?

क्यानडाको मौसमको कुरा गर्नु गर्मी मौसम धेरै नै राम्रो हुन्छ । जाडो भने अलिक धेरै नै हुने गरेको छ । गर्मीको समयमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस सम्म माथि जान्छ । तर, जाडोको समयमा कम्तीमा २० डिग्री सेल्सियस सम्म पुग्नेछ । त्यसैले क्यानडामा मानिसहरु जाडो महिनामा धेरै समय घरभित्र नै बिताउँछन् ।

(ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनको लागि क्यानडाको शैक्षिक परामर्शदाता कपिल उप्रेतीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.