विहीबारदेखि जनकशर्मा पौड्यालले सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार

  २०७६ साउन ९ गते १८:३७     विकासन्युज


काठमाडौँ । सनराइज बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) जनकशर्मा पौड्यालले विहीबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।

सनराइज बैंक लिमिटेडको संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो ।

सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए ।

अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढी कार्य गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.