आईडीपी बिगेस्ट अष्ट्रेलियन एजुकेशन फेयर साउन १० गते होटल र्याडिसनमा हुँदै

  २०७६ साउन ९ गते १७:१९     विकासन्युज

काठमाडौं। आईडीपी बिगेस्ट अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ। उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै इन्टरनेशनल एजुकेशन स्पेसलिस्ट (आईडीपी) नेपालले फेयर आयोजना गर्ने लागेको हो।

साउन १० गते शुक्रबार होटल र्याडिसनमा आयोजना हुने मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय उपस्थित हुनेछन् । मेलामा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावकलाई अष्ट्रेलियाको शिक्षा र विश्वविद्यालयबारे पुरा जानकारी दिइने आयोजकले बताएको छ। मेलामा विद्यार्थीहरुले विश्वविद्यालय, ती विश्वाविद्यालयमा अध्यापन गराइने कोर्स, शुल्क तथा छात्रवृत्तिका बारेमा जानकारी लिन सक्नेछन् ।

त्यस्तै, विहान साढे १० बजेदेखि सुरु हुने मेलामा सहभागी हुने विद्यार्थीमध्येका विजेता विद्यार्थीलाई आईडीपी एकेडेमिक मेरिट स्कलरसिप अन्तर्गत ५ हजार अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति समेत उपलब्ध गराउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.