ईन्स्टाग्रामले हटायो पोस्टमा देखिने लाईकको संख्या, प्रयोगकर्तालाई सहज हुने

  २०७६ साउन २ गते १२:२१     विकासन्युज

काठमाडौं। ईन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुको तस्विरमा देखिने लाईकको संख्यालाई नदेखिने बनाएको छ। यसलाई ईन्स्टग्रामले केही समयको परीक्षणको रुपमा लागु गरेको हो।

प्रयोगकर्ताहरुले आफ्नो ईन्स्टाग्राममा पोस्ट गरेको तस्विर तथा भिडियोहरुमा कम लाइक आएको कारण तनाव लिने र कम लाईक आएका पोस्टहरु हटाउने गरेकोले ईन्स्टाग्रामले यो कदम लिएको हो।

ईन्स्टाग्रामलाई फेसबुकले संचालन गर्दै आएको छ र फेसबुकको लागि अष्ट्रेलिया र न्यूजील्याण्डका नीति निर्देशक मिया गार्लिक भन्छिन्,’प्रयोगकर्ताको भलाइको र ईन्स्टाग्रामलाई प्रयोगकर्ताहरुको आफुलाई अभिव्यक्त गर्न सुरक्षित ठाउँ महसुस गराउनको लागि यो परिवर्तन लागू गरिएको हो।’

‘आशा छ यो परिक्षणले मानिसहरुलाई धेरै लाईक नआएको कारण प्रयोगकर्ताहरुलाई प्रेसर दिदैंन र उनिहरु खुलेर आफुलाई मनपर्ने कुराहरु पोस्ट गर्न सक्छन्’, गार्लिकले बताईन्।

मानिसहरु आजकाल धेर लाईक प्रती ध्यान दिने गरेका छन्। यसमा पनि युवा पुस्ताहरु यस बिषयलाई लिएर दुखी र खुशी हुने गर्दछन्।

यधापी प्रयोगकर्ता आँफैले भने आफ्नो तस्विरको लाइक संख्या भन्ने देख्न पाउनेछन् भने उनको फलोअर्सहरुले भने देख्न पाउने छैनन्। ईन्स्टाग्रामको पोस्टामा आएका लाईकको संख्यालाई मानिसहरुले लोकप्रियताको उपमा दिनेगरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.