कोरियामा जाने नेपालीको तलब बढ्यो, मासिक न्यूनतम १७ लाख ४५ हजार वोन

  २०७६ असार ३० गते १४:३९     सुनिता पुडासैनी

काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा निर्धारण गरिएको छ ।

न्युनतम ज्याला समितिमा भएका मतदानपछि बहुमतको आधार उक्त ज्यालादर तोकिएको हो ।

न्युनतम ज्याला समितिको बैंठकमा १३ घण्टा लामो छलफल पछि सरकार पक्षले राखेको प्रस्ताव ८ हजार ५ सय ९० र मजदुर पक्ष सदस्यले राखेको ८ हजार ८ सय ८० वोनबीच मतदान गरिएको थियो ।

मतदान गर्दा सरकार पक्षले गरेको प्रस्ताव ८ हजार ५ सय ९० वोनको पक्षमा १५ मत खसेको थियो । त्यस्तै, मजदुर पक्षले प्रस्ताव गरेको ८ हजार ८ सय ८० वोन ११ मत परेको थियो ।

कोरियामा सामान्यतया हप्तामा ४० घण्टा तथा महिनामा २०९ घण्टामा काम गर्ने अभ्यास छ । महिनामा २०९ घण्टा काम गर्ने कामदारले कम्तिमा १७ लाख ९५ हजार ३ सय १० वोन प्राप्त गर्ने इपिएस नेपाल कोरियाले जनाएको छ ।

हप्तामा ४० घण्टा भनेको दैनिक ६ घण्टा भन्दा पनि कम हो । कोरियामा जाने नेपालीले दैनिक १२ घण्टाभन्दा बढी काम गर्ने भएकोले उनीहरुको कमाई ३५ लाख वोनभन्दा बढी हुनेछ ।

दक्ष जनशक्तिले त्यो भन्दा बढी ज्याला पाउनेछन् । कोरियाली मुद्रा १०० वोन बराबर नेपालीमा ९ रुपैयाँ ३६ पैसा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोरियामामा सन् २०१९ को लागि कामदारको ज्याला प्रतिघण्टा ८ हजार ३५० वोन तोकिएको थियो । त्यस्तै, सन् २०१८ मा नेपाली कामदारले प्रतिघण्टा ५ हजार ५३० वोन नेपाली कामदारले प्राप्त गर्ने गरेका थिए ।

सन् २०१७ र २०१८ मा कोरियामा ज्यालादर घटेको थियो । सन् २०१७ मा प्रतिघण्टा ६ हजार ४ सय ७० वोन रहेको थियो । त्यस्तै २०१६ मा दक्षिण कोरिया जाने नेपाली कामदारले प्रतिघण्टा ६ हजार ३० वोन पारिश्रमिक प्राप्त गर्ने गरेको तथ्याङ्ग नेपालका लागि कोरियाली भाषा परीक्षण केन्द्र इपिएस् जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.