निर्माण कार्य समयमा नै सम्पन्न नगर्नेलाई दण्डित गर्नु पर्छ : मन्त्री यादव

  २०७६ असार २७ गते १८:१८     विकासन्युज

काठमाडौँ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवले निर्माण व्यवसायीको निर्माण कार्य समयमानै सम्पन्न नगर्नेलाई दण्डित गर्नु पर्ने र त्यसतर्फ सरकार लागिरहेको बताएका छन । चेम्बर अफ कमर्शद्धारा विद्यमान वाणिज्य तथा आपुर्ती व्यवस्थापन विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्रीले बताए ।

उद्योग व्यवसायको समग्र विषयमा छलफल गर्न सरकारले छिट्टै उद्योग वाणिज्य सम्बन्धी विषगत वृहत बहस एंव छलफलको आयोजना गर्न लागेको र त्यसको लागि विषयगत सुझाब दिन तयार रहन निजी क्षेत्रलाई आग्रह गरेका छन । कानुनमा उल्लेख भएका व्यवसायजन्य गर्न हुने र नहुने कार्यबारे शुसुचित गराउनुपर्ने बताएका छन । मुलुकको समग्र विकासको लागि निरपक्ष व्यापारभन्दा पनि उत्पादन सहितको व्यापारमा जोड दिनुपर्ने आजको आवश्यकता रहेकोेमा पनि बताएका थिए । विभिन्न मन्त्रालयबीच मापक बनाएर समन्वय गर्नेतर्फ सरकार अग्रसर रहेको समेत बताएका छन ।

वाणिज्य तथा आपूर्ती सचिवकेदार बहादुर अधिकारीले सामानको ढुवानीमा लागु गरेको ट्रयाकिङ व्यवस्था र वेभमा आधारित व्यवस्था स्थानिय समानको ओसारपसारमा व्यवसायीले उठाएका समस्याबारे छलफलबाट यसको निष्र्कस निकालने बताए । साथै मुल्य सूची हेर्न पाउनुपर्ने उपभोक्ताको नैर्सगिक अधिकार भएको र हाल उपभोक्ता संरक्षण नियमावली बन्ने क्रममा रहेकोले समेत अनुगमन नियमित भएता पनि अझ तिब्रता आउन नसकेको र आगमी दिनमा यसमा तिब्रता आउने बताएका छन ।

हाल निकासी हुने २७ वस्तुमा नगद अनुदानको व्यवस्था भएको र करिब ८ उद्योगले करिब ११ करोड रुपैयाँ बराबर नगद अनुदान माग गरेको बताउँदै मुलुकमा माल वस्तु आयात गर्दा एफ ओ बी मुल्य नै कायम गरि आयात गरि सिपीङलाईनहरुलाई समेत नेपालमा भित्र्याउने अवसर दिने जानकारी दिए ।

कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले यसबाट लागतमा वृद्धि हुने प्रतिस्पर्धात्मक क्षमतामा हस आउने बताउँदै आएको र राष्ट्र बैंकबाट जारी यस सम्बन्धि परिपत्रमा पुर्नबिचार गर्न विशेष अनुरोध गरेका छन् ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय चेम्बरको मुल सरोकार मन्त्रालय भएकाले उद्योग वाणिज्य तथा आपूर्ती सम्बन्धी समस्या सुझाब यस मन्त्रालयमार्फत नै चेम्बरले प्रस्तुत गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.