नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन

  २०७६ असार २७ गते १८:१०     सुनिता पुडासैनी

काठमाडौं । नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालको पूर्वी जिल्लामा २ करोड केजी सिटीसी चिया उत्पादन भएको र पहाडी क्षेत्रमा ५० लाख केजी अर्थोडक्ट चिया उत्पादन भएको छ ।

पछिल्लो समय पूर्वमा उत्पादित चियाले मूल्य नपाएको र बिक्रीको लागि भारतीय बजार सम्म पुर्याउने गरिएको छ । चिया उत्पादक र श्रमिकबीच विवाद हुने गरेको तथा बोर्ड समक्ष व्यापारीहरुले माग राख्दै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दीपक खनाल बताए ।

नेपाली बजारमा चियाको तथा कफी क्षेत्रमा सरकारको चाँसो कम रहेको निर्देशक खनालले बताए । आर्थिक वर्ष २०७६÷७७ सरकारले चियामा अक्सन मार्केट लागु गर्ने भनेसँगै यस क्षेत्रमा केहि सुधार हुने र चियाले राम्रो बजार मूल्य प्राप्त गर्नुका साथै व्यापारीमा उत्साह थप्ने माध्यम बन्न सक्ने जानकारी दिए । नेपालमा विशेषगरी सिटीसी, अथोडक्ट, ग्रीन टि, पेसियाल टि चिया उत्पादन हुँदै आएको छ ।

नेपालमा एक सय १३ वटा चिया उद्योग रहेका छन्, जसमा वार्षिक उत्पादन क्षमता ५२ हजार १ सय मेट्रिक टन छ भने हाल वार्षिक तयारी चिया १८ हजार ९ सय ५८ मेट्रिक टन रहेको छ ।

चालु आर्थिक वर्षमा करिब साढे तीन अर्बको निर्यात हुने अनुमान बोर्डको रहेको छ । भारतमा निर्यात हुने सिटीसी चिया बिक्रीको समयमा भन्सारमा व्यापारीले धेरै समस्या झेल्नु परेको गुनासो बार्डमा आइरहने र यस्ता समस्याहरुलाई सरकारलाई ध्यान नदिँदा चियाले उपयुक्त मुल्य नपाउने र व्यवसायीहरुमा नैराश्यता थपिने बोर्डले जनाएको छ ।

यस्तो छ विगत पाँच वर्षदेखि उत्पादित चियाको अवस्था :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.