राष्ट्रिय वाणिज्य बैंकद्धारा बर्दियाकोे बांसगढीमा शाखा विस्तार

  २०७६ असार २६ गते १४:४३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आफ्ना नयाँ शाखा विस्तारका क्रममा बर्दियाको बांसगढी नगरपालिका वडा न.५ मा बांसगढी शाखाको स्थापनासँगै कारोबार शुरु गरेको छ ।

उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन् ।

बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.