आरएमडीसीले दियो ३२ वटा सहकारीलाई आन्तरिक लेखा परीक्षण तालिम

  २०७६ असार १८ गते १०:३५     विकासन्युज


काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा आन्तरिक लेखा परीक्षण सम्बन्धी २ दिवसीय तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैँचा, मोरङ्गमा सम्पन्न भएको छ ।

उक्त तालिम असार १६ र १७ गते सम्पन्न भएको हो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२ वटा सहकारी संस्थाहरुका लेखा समितिका पदाधिकारी तथा सञ्चालक समितिका ३२ जना प्रतिनिधिहरुकोे सहभागिता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको संचालन तथा संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले गरेका थिए । तालिमको उद्घाटन सत्रको क्रममा तालिमका संयोजक पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पार्दै सहभागीहरुलाई कार्यक्रममा स्वागत गरेका थिए ।

उक्त तालिम कार्यक्रमको सहजकर्ताको भूमिका प्रबन्धक बासुदेब लामिछानेले निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.