वित्तीय क्षेत्रमा ४५५ जनालाई जागिर खुल्यो, सेञ्चुरीमा १६९, हिमालयनमा ८६ र जनता बैंकमा २ सयलाई अवसर

  २०७६ असार १८ गते ८:४५     विकासन्युज


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा २५५ जनालाई जागिरको अवसर खुलेको छ ।

सञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, १ जना अफिसर, १ जना असिस्टेण्ट अफिसर, १ जना सुपरभाइजर, ३ जना सिनियर असिस्टेण्ट, १ जना सिनियर असिस्टेण्ड(आईटी सिस्टम), म्यानेजमेन्ट ट्रेनी ३० जना, ५ जना जुनियर असिस्टेण्ट(आइटी डिपार्टमेन्ट) र १२५ जना ट्रेनी असिस्टेण्ट गरी १६९ जना कर्मचारी माग गरेको हो । बैंकले माग गरेको आवश्यक योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरुले साउन १ गते भित्र आवेदन दिन सक्ने जनाइएको छ ।

यता, हिमालयन बैंक लिमिटेडमा ८६ जनालाई जागिरको अवसर खुलेको हो । बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड माग गरेको छ । ४२ सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातकोत्तर उत्तीर्ण तथा १ जना अर्का सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको तथा ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

त्यसैगरी जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यता, जनता बैंकले पनि २ सय जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुकहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.