सानिमा बैंक: पार्टनर खोज्न बिहीबार बैठक, ‘दुई वटा मिलेर नयाँ बैंकपनि बन्न सक्छ’

  २०७६ असार १७ गते १४:१८     विकासन्युज

काठमाडौं । मर्जर पार्टनर खोज्न गैर आवसीय नेपालीहरूको लगानी रहेको सानिमा बैंक संचालक समितिको बैठक विहीबार बस्ने भएको छ ।

बिहीबार बस्ने संचालक समितिको बैठकले मर्जर तथा एक्विजिशन कमिटी गठन गर्नेछ । सोही कमिटीले के कसरी कोसँग मर्जर गर्दा बैंकलाई अझ बढी फाइदा हुन्छ त्यहि अनुसारको पार्टनर खोज्ने बैंक स्रोतले बताएको छ ।

दुई वटा बैंक मिलेर नयाँ बैंक स्थापना हुनपनि सक्ने स्रोतले बतायो । हाम्रो बैंक र मर्जर गर्ने बैंककाबीच नामको विषयलाई लिएर निर्णय हुन सकेन भने नयाँ नामको बैंकपनि जन्मन सक्नेछ ।

अहिले राष्ट्र बैंकले बैठक बोलाएर छलफल मात्र गरेको हो । आगामी २७ गते आउने मौद्रिक नीतिले यस विषयलाई कसरी सम्बोधन गर्छ, कस्तो इन्सेन्टिभ दिन्छ, यसका आधारमा मर्ज तथा एक्विजिशन गर्न सकिने बताइएको छ ।

राष्ट्र बैंकले गत १२ गते वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिककृतलाई बोलाएर मर्जरमा जान निर्देशन दिएको थियो ।

ती बैंकरले मौद्रिक नीतिले दिने सहुलियतपछि मात्रै मर्जरका विषयमा गहन ढंगले छलफल अघि बढ्नेछ ।

‘राष्ट्र बैंकले पक्कैपनि केही सहुलियत दिन्छ होला, त्यसपछि कुन मोडेलमा जाने भन्ने तय हुन्छ, त्यसैअनुसार हामीहरु अघि बढ्छौं’ श्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.