मुख्यमन्त्री पोखरेलसँग जापानी राजदूतको भेट,नेपालको विकासमा साथ दिन जापान सधैँ तयार 

  २०७६ असार १२ गते १५:४७     विकासन्युज

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले बिहीबार भेटवार्ता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो सम्भावना भएको जानकारी गराए ।

यसैगरी, राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने र संवैधानिक व्यवस्थाअनुसार गठन भएका प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्नेबारे छलफल गर्दै अघि बढ्ने बताएका छन् । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गर्न राजदूत साइगोलाई आग्रह समेत गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.