बिहीबारपनि घट्यो नेप्से, हिमालयन डिस्टिलरीको कारोबार १४ करोड ९७ लाख

  २०७६ असार १२ गते १५:२९     विकासन्युज


काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, होटल, वित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । बैंकिङ समूह ०.७२, होटल समूह १८.०८, वित्त समूह ३.४३ र अन्य समूह २.७१ अंकले बढेका हुन् । त्यसैगरी, विकास बैंक समूह २.६७, जलविद्युत समूह २.०७, निर्जीवन बीमा समूह १०१.३५, उत्पादनमूलक समूह १०.६१, लघुवित्त समूह १.६३, जीवन बीमा समूह २२.७४ र म्युचुअल फण्ड ०.०१ अंकले घटेका हुन् ।

आजपनि हिजोजस्तै हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १४ करोड ९७ लाख ७१ हजार ५ सय रुपैयाँको सेयर कारोबार भयो । दोश्रोमा नेपाल बैंकको ५ करोड ६५ लाख ५५ हजार ६ सय रुपैयाँ, तेश्रोमा प्रभु बैंक लिमिटेडको ३ करोड ११ लाख २८ हजार ८६ रुपैयाँ, चौथोमा शिवम् सिमेन्टको २ करोड ९९ लाख १७ हजार ५ सय १० रुपैयाँ र पाँचौँमा सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५५ लाख ३० हजार ४ सय ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।

बजारको घटेको दिन आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ९.१५ अंकले नाफा कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ४.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.