सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

  २०७६ असार १२ गते १५:१०     विकासन्युज

काठमाडौं । सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी छिन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको बोर्ड बैठकले भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेकी भट्ट यसअघि विदेशी विनिमय विभागमै निर्देशकको रुपमा कार्यरत थिइन् । कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको अनिवार्य अवकाशपछि उनी सोही विभागमा कामू कार्यकारी निर्देशकको रुपमा रहेकोमा हाल उनलाई सोही विभागमा कार्यकारी निर्देशकको पूर्ण जिम्मेवारी दिइएको हो ।

नेपाल राष्ट्र बैंकमा रहँदा बैंकिङ कार्यालय तथा लघुवित्त सुपरीवेक्षण, बैंक सुपरीवेक्षण, विकास बैंक सुपरीवेक्षण तथा विदेशी मुद्रा विनिमय विभागमा लामो समय काम गरेको अनुभव छ ।

स्थायी ठेगाना काठमाडौं रहेकी कार्यकारी निर्देशक भट्टले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेकी छन् । हालको व्यवस्थाअनुसार उनको कार्यकाल यही पुससम्म मात्रै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.