सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार कम्पनीको साधारण सभा असार २८ मा, सञ्चालक समिति चयन गरिने

  २०७६ असार १२ गते ११:५६     विकासन्युज

काठमाडौँ । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको तेश्रो, चौथो, पाँचौ र छैठौँ वार्षिक साधारण सभा असार २८ गते हुने भएको छ ।

जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा काठमाडौँ रामशाह पथमा रहेको योगम्बर पार्टी भेन्यूमा हुने जनाइएको छ ।

साधारण सभा प्रयोजनको लागि असार ८ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज(बुक क्लोज) हुने कम्पनीले जनाएको छ । साधारण सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गर्नेछ । निर्वाचन सम्बन्धी कार्यक्रम सभा शुरु हुनु भन्दा ५ दिन अघि अर्थात असार २३ गते प्रकाशित गर्ने जनाइएको छ ।

यो समाचार पनि पढ्नुहोस्:

सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.