भारतीय पक्ष विद्युत खरिद गर्न तयार, इप्पान भन्छ-‘सरकारले छलफल अघि बढाओस्’

  २०७६ असार १० गते १६:०६     विकासन्युज


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले नेपालका निजी क्षेत्रका उर्जा उत्पादकहरुसँग ६०० मेगावाट बिद्युत खरिद गर्न भारतीय पक्ष तयार भएको जनाएको छ ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डल असार ३ गतेदेखि ५ गतेसम्म क्षेत्रीय उर्जा ब्यापारको संभावना तथा कार्यान्वयन बारे छलफल तथा अन्तरक्रिया गर्न भारत भ्रमणमा गएको थियो ।

भ्रमणको सिलासिलामा प्रतिनिधि मण्डलले भारतको विद्युत मन्त्रालय, सेन्ट्रल केन्द्रीय विद्युत प्राधिकरण लगायत उर्जा क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो । सो क्रममा भारतमा तत्कालै ६०० मेगावाट बिजुली बिक्री गर्न सकिने संभावना रहेको इप्पानका अध्यक्ष गुरागाईँले बताए । भारत भ्रमण र त्यहाँ नेपाली विद्युतको बजारका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरिएको हो ।

सो अवसरमा इप्पानका उपाध्यक्ष कुमार पाण्डेले केही समयपछि नेपालमा पर्याप्त मात्रामा बिद्युत उत्पादन हुने र देशभित्रको माग भन्दा बढी उत्पादन हुने बताए । त्यसकारण भारतमा बिद्युत बिक्री गर्नका लागि पावर पर्चेज एग्रिमेन्ट(पीपीए) गर्नका लागि सरकारसँग स्वीकृतिको उनले माग गरे ।

विद्युतमा गरिएको निजी क्षेत्रको लगानीलाई जोगाउन समेत पीपीए गर्नु जरुरी रहेको उपाध्यक्ष पाण्डेको भनाई थियो । निजी क्षेत्रका लगानीकर्ताले उत्पादन गरेको विद्युतको बजार सरकारले खोज्नु पर्नेमा निजी क्षेत्र आफैंले बजार खोजेका छन्, यसमा सरकारले सहयोग गर्नु पर्छ-उपाध्यक्ष पाण्डले भने । यसका लागि नेपाल सरकारले भारतसँग थप छलफल गरोस् भन्ने हाम्रो माग हो–उनको भनाई थियो ।

भारतीय पक्षले पनि नेपाली निजी प्रवद्र्धकले विगतका केही वर्षमा हासिल गरेको प्रगतिप्रति उत्साहित हुँदै अध्ययन तथा विकास गरिरहेका १८ हजार मेगावाट क्षमताका आयोजनाप्रति चासो देखाएको अध्यक्ष गुरागाईँले बताए ।

पत्रकार सम्मेलन मार्फत इप्पानले सरकार समक्ष ६ बुँदे आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.