आशा लघुवित्तद्वारा नुवाकोटको देवीघाटमा उन्नत जातको बिउ बिजन वितरण

  २०७६ असार १० गते १२:०९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बागवानी बिकास केन्द्र नुवाकोटको सहयोग तथा समन्वयमा सोमबार कृषि सम्बन्धी परामर्श तालिम तथा उन्नत जातका बिउबिजन प्रदान गरेको छ । उक्त कार्यक्रममा संस्थाले आबद्ध महिला सदस्यहरुलाई बालीनालीमा लाग्ने रोग तथा समाधानको विषयमा परामर्श समेत प्रदान गरेको हो ।

यसरी, नुवाकोटका कृषि अधिकृतद्वय प्रदिपचन्द् नेपाल तथा नवराज थापाले उक्त कार्यक्रमपश्चात महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करिब ४५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.