२९ ओटा संस्थाबाहेक अरुबाट कोष व्यवस्थापन नगर्न/नगराउन धितोपत्र बोर्डको रुलिङ

  २०७६ असार ९ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुले अनुमति दिएका २९ ओटा संस्थाहरुभन्दा बाहेक अन्यन्त्रबाट कुनैपनि संस्थाबाट कोष व्यवस्थापनसम्बन्धी काम नगर्न र नगराउन रुलिङ गरेको छ ।

बोर्डले विज्ञप्ती जारी गर्दै नेपाल धितोपत्र बोर्डले अनुमति नै नदिएका संस्थाहरुबाट कोष व्यवस्थापन गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्नसक्ने भन्दै धितोपत्र बोर्डबाट अनुमति पाएका संस्थाहरुबाहेक अन्य संस्थाहरुसँग त्यस्तो कारोबार नगर्न आग्रह गरेको हो ।

साथै, बोर्डबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्थालाई त्यस्तो गतिविधि गैरकानूनी भएकोले अनुमतिपत्र लिएर मात्रै त्यस्तो कारोबार गर्न निर्देशन समेत दिएको छ । साथै त्यसरी बोर्डबाट अनुमति नपाएका संस्थाहरुले त्यसरी कोष व्यवस्थापनको काम गरेको पाइएमा बोर्डलाई जानकारी दिन समेत बोर्डले आग्रह गरेको छ ।

यी हुन् धितोपत्र बोर्डबाट कोष व्यवस्थापनको अनुमति पाएका २९ मर्चेन्ट बैंकरहरु

१ श्री एनएमबि क्यापिटल लि.
२ श्री सनराईज क्यापिटल लि.
३ श्री ग्लोबल आईएमई क्यापिटल लि.
४ श्री भिवोर क्यापिटल लि.
५ श्री सिभिल क्यापिटल मार्केट लि.
६ श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
७ श्री प्रभु क्यापिटल लि.
८ श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि.
९ श्री लक्ष्मी क्यापिटल मार्केट लि.
१० श्री एनआईबिएल एस क्यापिटल लि.
११ श्री कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टस् लि.
१२ श्री समृद्धि क्यापिटल लिमिटेड
१३ श्री नेशनल मर्चेन्ट बैंकर लि.
१४ श्री सिद्धार्थ क्यापिटल लि.
१५ श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि.
१६ श्री सिविआईएल क्यापिटल लि.
१७ श्री सानिमा क्यापिटल लि.
१८ श्री बि.ओ.के. क्यापिटल मार्केट लि.
१९ श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
२० श्री एनआईसी एशिया क्यापिटल लि.
२१ श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
२२ श्री आकाश क्यापिटल लि.
२३ श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
२४ श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
२५ श्री कुमारी क्यापिटल लि.
२६ श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
२७ श्री जनता क्यापिटल लि.
२८ श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
२९ श्री मेगा क्यापिटल मार्केट्स लि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.