भ्याट छलि गर्ने १५ जनालाई ३ अर्बको बिगो र ३ वर्ष कैद सहित राजस्वको मुद्दा

  २०७६ असार ६ गते १३:२२     विकासन्युज

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छलि गर्ने १५ जनालाई ३ अर्बको बिगो सहित मुद्दा दायरा गरेकोे छ ।

नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं ९, वलाहा स्थायी ठेगाना भइ हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नपा वडा नं. ३, ठिमी टेर्साटार बस्ने वर्ष ४९ का गोपाल प्रसाद भट्टराईसहित १५ जनालाई विभागले मुद्दा दर्ता गराएको हो

तीन वर्ष कैद सजाय र दुई अर्ब ९८ करोड ५७ लाख बिगो असुल उपर हुने गरी काठमाडौं जिल्ला अदालत असार ५ गते मुद्दा दायरा गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

प्रतिवादीहरुले दिएकोे बयान, विभिन्न बैक तथा फाईनान्सबाट प्राप्त स्टेटमेन्ट लगायतका कागजातहरू, आन्तरिक राजस्व विभागमा पेश गरेका भ्याट तथा आय विवरणहरु समेतबाट प्रतिवादीहरु विनोद धमाला, सन्तोष कुमार कार्की, मेघ बहादुर श्रेष्ठ, धन बहादुर भोम्जन, भरत बहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला र पार्वती सुचिकार समेतका नाममा विभिन्न ८ वटा फर्महरु दर्ता गराइ राजस्व छलि गरेका हुन् ।

वास्तविक बस्तु तथा सेवाको खरिद बिक्री कारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी राज्यलाई तिर्नुपर्ने राजस्व नतिरी फर्मको आर्थिक कारोवार गर्ने व्यक्तिहरू गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले राजस्व चुहावट गरेको देखिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.