ग्लोबल आइएमई बैंकले एकैदिन संचालनमा ल्यायो थप १७ शाखारहित बैंकिङ्ग सेवा

  २०७६ असार ५ गते १९:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ ।

बैंकले सिराहा जिल्लाको सन्हैठाचोक, कालिकोटको रेगिल, पर्साको मनवाबजार, पर्वतको राम्जा ठाँटी, परासीको जर्गाहा, संखुवासभाको लोहाकोट, पाल्पा जिल्लाको वीरकोट, गुल्मीको पराल्मी, मोरङ्गको चाँदनी चोक एव्म लक्ष्मीमार्ग, झापा जिल्लाको भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट, उदयपुर जिल्लाको हडियाबजार, तनहूँको नेपालटार, चितवनको भालुमारे, चितवनकै शक्तिखोर र गुल्मीको चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिस र माए.टि.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटिएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.