सुरु भयो मनसुन, ३ दिन लगातार पानी पर्ने

  २०७६ असार ५ गते ९:२१     विकासन्युज

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आंशिक मनसुन सुरु भएको बताएको छ । विभागले आगामी ३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै निरन्तर पानी पर्ने प्रक्षेपण गरेको हो । बिहिबारदेखि शनिबारसम्म देशका बिभिन्न भागमा मौसम बदली भई पानी पर्ने विभागले जनाएको छ ।

यस्तो छ ३ दिनको मौसम

असार ५ गते (बिहीबार)

दिउँसोः देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ्र

रातिः देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ ्र देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असार ६ गते (शुक्रवार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार ७ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.