सिंगापुरमा काम लगाउने भन्दै ३ सय जनासँग ६ करोड ठगी गर्ने प्रवीन पौडेल पक्राउ

  २०७६ असार ४ गते १८:२८     विकासन्युज


काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।

“पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको रु छ करोड ठगी गरेको महाशाखाको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.