७ सय ५३ स्थानीय तहमा ६ सय ५४ होटल, कुन स्तरका कति ?

  २०७६ असार ४ गते १६:१२     नबिन पोखरेल


काठमाडौ । संघीय नेपालको ७ सय ५३ स्थानीय तहमा कुल ६ सय ५४ होटल दर्ता भएका छन् । पर्यटन विभागका अनुसार ५ तारे होटलदेखि पर्यटक स्तरका होटल दर्ता भएका हुन् ।

नेपालको विभिन्न स्थानमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक तारे होटलदेखि सामान्य होटलसम्म रम्दै आएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार होटल दर्ता हुने क्रम बढिरहेको छ । विभागका निर्देशक सुरेन्द्र थापाका अनुसार देशभरी कै तथ्याङ्क हेर्दा होटल संख्या ६ सय ५४ पुगेको हो ।

कुन प्रदेशमा कति छन् ५ तारे होटल ?
नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन् । ती मध्ये २ वटा भने सञ्चालनमा रहेका छैनन् । कुल संख्या मध्येमा प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मा पाँच तारे होटल छैनन् । यस्तै, प्रदेश नम्बर ३ मा ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा रहेका छन् ।

४ तारेको संख्या कति ?
४ तारे होटलको संख्या १० वटा रहेको छ । प्रदेश नम्बर १ र कर्णालीमा ४ तारे होटल छैनन् । प्रदेश नम्बर २ मा १, प्रदेश नम्बर ३ मा ४, गण्डकी प्रदेशमा १, ५ नम्बर प्रदेशमा ३ वटा र सुदुर पश्चिम प्रदेशमा एउटा मात्रै छ ।

३३ वटा छन् ३ तारे
३ तारे होटलको संख्या भने ३३ वटा छ । प्रदेश नम्बर १ मा २ वटा, प्रदेश नम्बर २ मा १ वटा, प्रदेश नम्बर ३ मा २४ वटा, गण्डकी प्रदेशमा २ वटा, प्रदेश नम्बर ५ मा ४ वटा छ । कर्णाली र सुदूरपश्चिम भने ३ तारे होटल एउटापनि छैन ।

कर्णाली र सुदूरपश्चिममा छैनन् २ तारे
नेपालमा २ तारे होटलको संख्या सबैभन्दा बढी छ । हालसम्म २ तारे होटको संख्या ४३ वटा छ । सो मध्ये प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २ मा ३ वटा, प्रदेश नम्बर ३ मा २७, गण्डकी प्रदेशमा १० र ५ नम्बर प्रदेशमा २ वटा छन् । कर्णाली र सुदूरपश्चिम भने २ तारे होटलको संख्या शून्य छ ।

६ वटा प्रदेशमा छन् १ तारे, कर्णालीमा छैन
हालसम्म १ तारे होटलको संख्या ३४ वटा छ । प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २ मा २ वटा, प्रदेश नम्बर ३ मा २४ वटा, गण्डकी प्रदेशमा २ वटा, प्रदेश नम्बर ५ मा ४ वटा र सुदुर पश्चिम प्रदेशमा एउटा छ । कर्णाली प्रदेशमा भने १ तारे होटल नभएको पर्यटन विभागले जनाएको छ ।

पर्यटक स्तरका होटल २० वटा
नेपालमा पर्यटक स्तरका साधारण होटलको संख्या भने ५ सय २० वटा रहेको छ ।

प्रदेश नम्बर १ मा ९ वटा, प्रदेश नम्बर २ मा १ वटा, प्रदेश नम्बर ३ मा ४ सय ९६ वटा, गण्डकी प्रदेशमा ९ वटा, ५ नम्बर प्रदेशमा ४ वटा, र कर्णाली प्रदेशमा एउटा छ । पर्यटक स्तरको होटल सुदुरपश्चिममा भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.