असार १२ गतेदेखि नेपाल लोक स्टार प्रसारण हुने, मुख्य प्रायोजक आइएमई

  २०७६ असार ३ गते १८:०७     विकासन्युज

काठमाडौं । आगामी असार १२ गतेदेखि हुने नेपाल लोक स्टारको मुख्य प्रायोजक आइएमई ग्रुप रहेको छ । प्रत्येक विहीबार र शुक्रबार हुने उक्त कार्याक्रम बेलुकी ८ बजे एपिवान एचडीबाट प्रसारण हुने भएको छ । ३६ श्रृखला निर्माण गरिने सर्वाधिक चर्चित सो कार्यक्रमको लागत १० करोड अनुमान गरिएको छ । सम्झौता अन्तर्गत आइएमई नेपाल लोक स्टोरको भोटिङ्ग राउड एप मार्फत गरिने सबै भोटिङ्ग आइएमई पे को एपमा हुनेछ ।

नेपाल लोक स्टारका आयोजक सुदिप थापा भन्छन् “नेपाली लोक संगीतका लागि आइएमई नेपाल लोक स्टोर कोसे ढुङ्गा साबित हुनेछ र यसले लोक मात्रनभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने हामीले विश्वास लिएका छौं । नेपाली माटोललाई सुहाउदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझउकास्ने निश्चित छ । यस कार्यक्रमको प्रमुखप्रायोजकको रुपमा आबद्ध भई यसको निर्माणलाई सार्थक तुल्याइदिनु भएकोमा आइएमई ग्रुपलाई धेरै धन्यवाद दिन चाहन्छौ ।”

त्यस्तै आइएमई ग्रुपका प्रमुख कार्यकारी निर्देशक सुमन पोखरेलले भने “नेपालको आफ्नो आयोजना हुन लाएको आइएमई नेपाल लोक स्टोरसगै जोडिन पाएकोमा गौरवान्वीत छौं । नेपाली लोक संगीत प्रवंधन र जर्गेनाको निम्ति यो हाम्रो तर्फबाट सानो प्रयास समेत हो ।” उक्त लोक स्टारमा तीन जना विजेता छनौट गरिएको छ । यसमा प्रथम विजेतालाई ५० लाख, द्धितीय विजेतालाई २५ हजार र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार प्रदान गरेका छन् ।

नेपालको मौलिक संगीत प्रस्तुत गर्ने सो रियालिटीमा सातैवटा प्रदेशमा अडिशन आयोजना गरि हजारौं संख्यामा आएका लोक दोहोरी गायक गायिका मध्ये सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी छनोट गरिन्छ । फागुन १६ गते शुरु भई चैत्र २५ गते ओपन अडिशन समाप्त भएको छ । शुरुवातको अडिशनबाट ३५० प्रतिस्पर्धी रहेका थिए, जर्ज अडिशनबाट १०९ प्रतिस्पर्धी छनोट भई मेगा अडिशनबाट २५ जना छनोट भएका छन् । नेपाल लोक स्टारको जर्जहरुमा जयनन्द लामा,बि.बि. अनुरागी, सुनीता दुलाल र रामजी खाँड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.