वल्र्ड मर्चेन्टको साधारण सभा असार २१ मा, सञ्चालक समितिलाई मर्जरको अख्तियारी

  २०७६ असार ३ गते १३:५३     विकासन्युज


काठमाडौँ । हेटौँडामा प्रधान कार्यालय रहेको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १६ औं र १७ औं वार्षिक साधारण सभा असार २१ गते हुने भएको छ । हेटौंडाको मोटेल एभोकाडो होटलमा बिहान ११ बजे साधारण सभा हुने निमित्त पू्रमुख कार्यकारी अधिृकत तथा कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् ।

साधारण सभामा संस्थालाई अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने(मर्जर) तथा विलय(एक्वीजिसन) को लागि डीडीए गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव गरिने कम्पनी सचिव थापाले जनाएका छन् । साथै साधारण सभामा कम्पनीको नाम परिवर्तन र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश गरिने छ ।

साधारण सभा प्रयोजनको लागि असार १४ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने र असार १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न पाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.