नरेश शाक्य नेपाल राष्ट्र बैंककाे कार्यकारी निर्देशकमा बढुवा, बैंकिङ कार्यालयकाे जिम्मेवारी

  २०७६ असार २ गते १५:२९     विकासन्युज

काठमाडौं । नरेश शाक्य नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।  नेपाल राष्ट्र बैंकको जेठ ३१ गते बसेको बोर्ड बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा बढुवा गरेको बैंकले जनाएको छ ।

शाक्य यसअघि सोही विभागका कायम मुकायम कायकारी निर्देशक थिए । उनी पछिल्लो समय राष्ट्र बैंकका वरिष्ठ निर्देशकको रुपमा समेत थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको नियुक्ति पदपुर्ति समितिको सिफारिसमा बोर्डले गर्ने गर्दछ । राष्ट्र बैंकले वरिष्ठताकै आधारमा बढुवा गर्ने अभ्यास गर्दै आएको छ ।

२०५४ मंसिर २२ गते नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका शाक्य बैंकिङ कार्यालयभन्दा अघि जनकपुर कार्यालयमा थिए । त्यसअघि विकास बैंक सुपरीवेक्षण विभाग, जनशक्ति व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, राष्ट्र बैंक पोखरा कार्यालय, राष्ट्रऋण विभाग र बैंकर्स प्रशिक्षण केन्द्रमा समेत काम गरेको अनुभव छ । उनी बैंकर्स प्रशिक्षण केन्द्र र विकास बैंक सुपरीवेक्षण विभागमा भने बढी समय रहेर काम गरे ।

शंकरदेव क्याम्पसबाट व्यवस्थानपन संकायमा स्नातकोत्तर उनले जनप्रशासनमा स्नातकोत्तर र कानूनमा स्नातक समेत गरेका छन् । उनको स्थायी घर भने विराटनगर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.