२.६३ अंकले बढ्यो नेप्से, बढी कारोबार हुनेमा नेपाल बैंक पहिलो, शिवम् दोश्रो र प्रभु बैंक तेश्रो

  २०७६ असार २ गते १५:२६     विकासन्युज


काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचकमा दोश्रो दिन सोमबार भने सुधार भएको छ । नेप्से परिसूचक आज २.६३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बढ्दा परिसूचक १२६०.९० बिन्दुमा पुगेको छ ।

झिनो अंकले परिसूचक बढेको दिन १७३ कम्पनीका १३ लाख ७३ हजार १ सय २० कित्ता शेयर किनबेच हुँदा ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, लघुवित्त र जीवन बीमा बाहेका सूचक बढेका छन् । बैंकिङ समूह १.७, होटल समूह १२.८८, जलविद्युत समूह ८.८९, वित्त समूह २.०६, निर्जीवन बीमा समूह ३७.२७, उत्पादनमूलक समूह २८.३२ र अन्य २.२७ अंकले बढेका छन् । यता विकास बैंक समूह २.७६, लघुवित्त समूह ३.१९ र जीवन बीमा समूह १८.८४ अंकले घटेका छन् ।

हिजो जस्तै आजपनि सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेड कै भएको छ । सो बैंकको ३ करोड २९ लाख ३ हजार ३ सय २० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दोश्रोमा शिवम् सिमेन्टको ३ करोड २२ लाख ७८ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ । प्रभु बैंकको कारोबार २ करोड ३१ लाख २९ हजार २ सय ८१ रुपैयाँको शेयर कारोबार हुँदै तेश्रो स्थानमा देखिएको छ ।

बजार बढेको दिन आज अरुण भ्याली हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.७३ प्रतिशतले कमाई गरेका छन् भने ग्योबल आइएमई लघुबित्तका लगानीकर्ताले सबैभन्दा बढी ४.८ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.